गुजरातलाई हराउँदै नेपालले जित्यो एसएमएस कपको उपाधि

हिमाल प्रेस २५ चैत २०८० १७:०२
40
SHARES
गुजरातलाई हराउँदै नेपालले जित्यो एसएमएस कपको उपाधि

काठमाडौँ– भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि हात पारेको छ। आज आइतबार भएको फाइनल खेलमा नेपालले गुजरातलाई १८ रनले हरायो र उपाधि हात पार्‍यो।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको गुजरातले भने निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५८ रनमात्र बनाउन सक्यो।

घरेलु टोली गुजरातविरुद्ध नेपालका बलर अभिनाष बोहराले तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले पनि दुई विकेट हात पारे। कुशल मल्ल र करण केसीले पनि एक-एक विकेट लिए। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पाली खेले। उनले ४७ बलमा ७४ रन बनाए। ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे।

अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए। दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाउँदै पेभेलियन फर्किए। कुशल मल्लले पनि १३ बलमा अविजित ३१ बलमा रनको योगदान गरे।सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले। भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक-एक विकेट लिए।

प्रकाशित: २५ चैत २०८० १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =