दुर्घटना दोहोरिन नदिन सरकारले यथेष्ट उपाय खोज्नुपर्छ : कांग्रेस प्रवक्ता महत

हिमाल प्रेस २ माघ २०७९ १५:५६
8
SHARES
दुर्घटना दोहोरिन नदिन सरकारले यथेष्ट उपाय खोज्नुपर्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले छानबिन समितिको निष्कर्षलाई आमसर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका हुन्।

उनले आइतबार काठमाडौँबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरू पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन्।

उनले समितिले बुझाएका प्रतिवेदनहरूको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरूको पुनरावृत्ति भइरहेको बताए। प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटनाहरू किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताए।

उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ट उपाय खोज्नुपर्ने पनि बताए।

‘अहिलेसम्म जति पनि दुर्घटनाका शृंखला नेपालमा भएका छन्, के–के कारणले भयो? त्यसको आधारमा यस्तो घटनाहरू, दुर्घटनाहरू दोहोरिन नदिन यथेष्ट उपाय हामीले गर्नुपर्छ,’ उनले भने, ‘होइन भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिम भन्ने कुरा जान्छ।’

प्रकाशित: २ माघ २०७९ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =