पोखरा विमान दुर्घटनाबारे जानकारी लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री

हिमाल प्रेस १ माघ २०७९ १२:५३
6
SHARES
पोखरा विमान दुर्घटनाबारे जानकारी लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री

काठमाडौँ- पोखरा विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

काठमाडौँबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाबारे बुझ्न उनी त्रिभुवन विमानस्थल पुगेका हुन्।

प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका छन्। निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका छन्।

विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्धारमा लाग्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीसँगै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो।

प्रधानमन्त्रीले दिउँसो साढे १ बजे मन्त्रिपरषद्का् आकस्मिक बैठक बोलाएका छन्।

काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको हो। विमानमा ६८ यात्रु र चालक दलका चार जना सदस्य थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =