स्वस्थानी मेलाभर साँखुमा निःशुल्क बससेवा

हिमाल प्रेस ३० पुष २०७९ २१:४४
12
SHARES
स्वस्थानी मेलाभर साँखुमा निःशुल्क बससेवा

काठमाडौँ– शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ। शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो।

शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क प्रदान गरिएको जानकारी दिए।

काठमाडौँको उत्तरी भाग शंखरापुर नगरपालिकामा पर्ने मणिचुड पर्वतको दुई पहराको बीचमा अवस्थित बज्रयोगिनी मन्दिर धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। भगवान बुद्धको तपस्याबाट प्रशन्न भई प्रकट भएकी पार्वती नै बज्रयोगिनी भएको किवंदन्ती छ। यहाँ बौद्ध र हिन्दू परम्पराअनुसार देवीको पूजा गरिन्छ।

उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन्। यस्तै शालिनदी मेला भर्न गएका भक्तजनसमेत एकपटक बज्रयोगीनी मन्दिरसम्म पुग्ने गरेका छन्।

गत वर्षहरूमा कोभिड संक्रमणका शालिनदी मेला भर्ने भक्तजनको संख्या तुलानात्मक रूपमा कम भए पनि यस वर्ष भने शालिनदी मेला भर्ने भक्तजनको संख्या ३० लाखभन्दा बढी हुने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए।

प्रकाशित: ३० पुष २०७९ २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =