माघे संक्रान्तिका अवसरमा देउवाले दिए शुभकामना

हिमाल प्रेस १ माघ २०७९ ६:१५
6
SHARES
माघे संक्रान्तिका अवसरमा देउवाले दिए शुभकामना कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर संक्रान्ति/माघे संक्रान्तिका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूप्रति शुभकामना व्यक्त गरेका छन्। पार्टीका तर्फबाट सन्देश प्रकाशित गर्दै उनले नेपालका विभिन्न जातजातिहरूले विशेष पर्वका रूपमा मनाउँदै आएको यस पर्वका अवसरमा शुभकामना व्यक्त गरेका हुन्।

‘नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिहरूको बसोबासको संगमस्थल रहेकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरूको आफ्नै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ,’ उनले भनेका छन्,’मकर संक्रान्ति/माघे संक्रान्तिका अवसरमा यस दिनलाई विशेष पर्वका रुपमा मनाउनु हुने थारू समुदायलगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गुर्नका साथै सामाजिक सद्भावना वढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीहरूबीच सुमधुर सम्बन्ध कायम गर्न सघाएकोसमेत उनले उल्लेख गरेका छन्।

प्रकाशित: १ माघ २०७९ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =