बागमती प्रदेशसभाको सभामुखको निर्वाचन आज

हिमाल प्रेस २९ पुष २०७९ ८:२४
6
SHARES
बागमती प्रदेशसभाको सभामुखको निर्वाचन आज

काठमाडौँ- बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सभामुखको लागि आज निर्वाचन हुँदैछ।

आज बिहान ११ बजेदेखि सभामुख चयनको लागि निर्वाचन हुने भएको हो। प्रदेशसभभाको सभामुखको लागि बिहिबार ३ जनाले उम्मेदवारी दिएका छन्। सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले उम्मेदवारी दिएका हुन्।

एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलाल ‘शरद’को समर्थनमा सत्ता गठबन्धनको तर्फबाट राप्रपाका पाठकले उम्मेदारी दिएका थिए। कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा अधिकारीले मनोनयन दर्ता गरेका हुन्।

उनी कांग्रेसको कोटामा धादिङबाट समानुपातिक सांसद बनेका थिए। नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइको प्रस्ताव र गीता काफ्लेको समर्थनमा सायजुले पहिलो नम्बरमा उम्मेदवारी दिएकी थिइन्। उनी भक्तपुरबाट नेमकिपाको समानुपातिक कोटाबाट दोस्रापटक सांसद चुनिएकी हुन्। बिहान ११ बजे बस्ने संसद बैठकमा ११ बजेको बैठकमा मत विभाजन हुनेछ।

कुल ११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार पाठकलाई ७० सांसदको साथ रहेको छ। प्रदेशसमा सरकार गठन गर्दा संसदको ५ दलका ७० सांसदले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई समर्थन गरेका थिए।केन्द्रमा रहेको सत्ता गठबन्धनको ३ वटा दलमात्रै बागमती प्रदेशसभामा रहेको छ। नेकपा एमाले,नेपाली कांग्रेस र राप्रपा। तर, मुख्यमन्त्री जम्मकट्टेललाई गठबन्धनबाहिर रहेको नेकपा एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पनि समर्थन गरेको थियो।

मुख्यमन्त्री जम्मकट्टेललाई समर्थन गरेका समाजवादी र हाम्रो नेपाली पार्टीले सभामुखमा आफ्नो उम्मेदवार उठाएको छैन्।

प्रकाशित: २९ पुष २०७९ ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =