गृहमन्त्री बनेपछि पहिलो पटक चितवन जाँदै रवि

हिमाल प्रेस २८ पुष २०७९ ९:४५
4
SHARES
गृहमन्त्री बनेपछि पहिलो पटक चितवन जाँदै रवि

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री एवं चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछाने आज चितवन महोत्सवमा जाँदैछन्। गृहमन्त्री भएपछि पहिलोपटक चितवन जान लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ।

गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार गृहमन्त्री लामिछाने आज दिउँसो ३ः१५ बजे एक्स्पोको अवलोकन गर्नेछन्।

गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए। आज चितवन आउन लागेका गृहमन्त्री लामिछानेले यहाँका विभिन्न कार्यक्रमा सहभागिता जनाउने स्वकीय सचिव सिग्देलले जानकारी दिए।

त्यसैगरी, चितवन महोत्सव २०७९ अन्तर्गत नै फुडफेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ।

उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले आज साँझ ६ बजे फुड फेस्टिबलको उद्घाटन गरिने जानकारी दिए । चितवन महोत्सवको अवसरमा हुँदै आएको फुड फेस्टिबल यसपटक पनि नारायणगढको क्याम्पाचौरमा आयोजना हुँदैछ ।

प्रकाशित: २८ पुष २०७९ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =