सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन

हिमाल प्रेस २८ पुष २०७९ ७:२५
6
SHARES
सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदैछ। दिउँसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

निर्वाचन तालिका अनुसार हिजो मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो। निर्धारित समय भित्र कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन्।

माओवादी केन्द्रका भण्डारीलाई माओवादी सहित एमाले, नागरिक उन्मुक्ति र राप्रपाको साथ रहेको छ भने कांग्रेसका रावललाई कांग्रेस सहित नेकपा एकीकृत समाजवादीको साथ छ। यहाँ एक स्वतन्त्र उम्मेदवार छन्।

प्रकाशित: २८ पुष २०७९ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =