रासफोर्डको गोल लय निरन्तर

हिमाल प्रेस २७ पुष २०७९ १३:४८
8
SHARES
रासफोर्डको गोल लय निरन्तर

काठमाडौँ- सब्स्ट्च्यिुट मार्कस रासफोर्डले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेड चार्ल्टन एथ्लेटिकलाई पन्छाउँदै लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ। युनाइटेडसँगै न्युकासल युनाइटेडले पनि मंगलबार राति अन्तिम चारमा स्थान बनायो। न्युकासलले लेस्टर सिटीलाई २–० ले पराजित गरेकाे हाे।

ओल्ड ट्राफोर्डमा तेस्रो श्रेणीको टिम चाल्र्टनविरुद्धको खेलका लागि युनाइटेड प्रशिक्षक एरिक टेन हागले आफ्नो टिममा आठ खेलाडी परिवर्तन गरेका थिए। एन्थोनी इलंगा, अलेहान्द्रो गारनाचो, कोब्बी माइनो र एन्टोनीलाई अग्रपंक्तिमा मैका दिइँदम रासफोर्ड लाई बेन्चमा राखिएको थियो।

तर उनी ६० औँ मिनेटमा मैदान प्रवेशग गर्दै उत्तराद्र्धमा दुई गोल गरे। त्यसअघि पहिलो हाफको २२ औँ मिनेटमा एन्टोनीले गोलको खाता खोलेका थिए।

पछिल्लो समय बलियो लयमा रहेका रासफोर्डले लिग कपमा मात्रै यो सिजन चार गोल गरिसकेका छन्। एएफए कपमा खेलेको एक खेलमा पनि गोल गरेका उनले लिगका गएका तीन खेलमा लगातार गोल गरेका छन्।

आउँदा शनिबार म्यानचेस्टर सिटीसँग खेल्नु पर्ने भएकाले टेन हागले आफ्ना सिनियर खेलाडीलाई बेन्चमा राखेका थिए। यद्यपि दोस्रो हाफमा रासफोर्डसँगै कासिमिरो र क्रिस्टिन एरिकसनलाई मैदान छिराइएको थियो।

‘हामी जसरी भए पनि सेमिफाइनल पुग्न चाहन्थ्यौँ। त्यो लक्ष्य सफल भएको छ,’ टेन हागले भने, ‘हामीले पहिलो हाफमा नै बढी गोल गर्नुपथ्र्यो। सकिएन। तर दोस्रो हाफमा गरेको प्रदर्शनका आधारमा खेलाडीको तारिफ गर्नैपर्छ।’

न्युकासल सन् १९७६ पछि पहिलो पटक लिग कपको सेमिफाइनलमा पुगेको हो। ५४ वर्ष उपाधिविहीन रहेको न्युकासललाई घरेलु कपको अन्तिम चारमा पु¥याउन डानियद बर्न र जोएलिन्टने एक–एक गोल गरे।

लिग कपका बाँकी दुई क्वार्टरफाइनलमा सिटीले साउथह्याम्पटन र उल्भरह्याम्पटनले नटिङहम फरेस्टको सामना गर्दैछन्। लिग कपको सर्वाधिक सफल टिम लिभरपुल हो। आठ पटक च्याम्पियन बनेको लिभरपुल यसपालि भने सिटीसँग प्रिक्वार्टरफाइनलमा हार्दै बाहिरियो। सिटीले पछिल्ला चार संस्करण लगातार जितेको छ।

प्रकाशित: २७ पुष २०७९ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =