काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभाको उपनिर्वाचनका लागि मतदाता नामावली संकलन तथा अद्याविधक कार्य सुरु भएको जनाएको छ।
आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले यस्तो जनाएको हो। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पदका लागि यही माघ २५ हुने उपनिर्वाचनका लागि मतदाता नामावली संकलन कार्यक्रम स्वीकृत गरिएको आयोगले जानकारी दिएको छ।
स्वीकृत कार्यक्रमअनुसार माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने ११ गते उम्मेदवारको मनोनयन दर्ता गरी दाबी विरोधलगायत प्रकिया गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ।
यस्तै उम्मेदवारलाई माघ १६ गते निर्वाचन चिह्न प्रदान गर्ने र २५ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान कार्यक्रम हुने आयोगले जनाएको छ।

                            प्रकाशित: २५ पुष  २०७९ १६:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

