काठमाडौँ- सुनसरी र सिराहामा भएका पछिल्ला घटनापछि देशभर शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा सद्भाव र्याली निकालिएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आयोजित र्यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा, सञ्चारकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार शनिबार बिहान नेपालगञ्जको वीपी चोकबाट सुरु भएको र्याली वीरेन्द्र चोकसम्म पुगेको थियो।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुनसरी र सिराहामा भएका घटनापछि समाजमा सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको जानकारी दिए।
उनले कुनै पनि घटना वा अफवाहका आधारमा सामाजिक सद्भाव खलबलिने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै सत्यतथ्य र आधिकारिक सूचना मात्र विश्वास गर्न अनुरोध गरे।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


