निर्वाचन आयोगले के विषयमा गर्दैछ राजनीतिक दलसँग छलफल?

हिमाल प्रेस २८ वैशाख २०८३ ८:०८ | Monday, May 11, 2026
4
SHARES
निर्वाचन आयोगले के विषयमा गर्दैछ राजनीतिक दलसँग छलफल? निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा आयोगले दलहरूसँग छलफल गर्न लागेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार बिहान साढे ११ बजे छलफल सुरु हुनेछ।

सातवटा ऐनलाई एकीकृत गरी आयोगले २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाएको थियो। उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो। केही परिमार्जनको गृहकार्य पनि भएको थियो । तर, संसद् विघटनपछि गृहले पुनः आयोगमा नै फर्काएको थियो। आयोगले मस्यौदामा सुझाव दिन यही वैशाख १५ गते दलहरूलाई पत्राचार गरेको थियो।

प्रकाशित: २८ वैशाख २०८३ ८:०८ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast