बागमतीमा शालिकराम र गण्डकीमा खगराज मुख्यमन्त्री बन्दै

हिमाल प्रेस २५ पुष २०७९ ९:०८
4
SHARES
बागमतीमा शालिकराम र गण्डकीमा खगराज मुख्यमन्त्री बन्दै

काठमाडौँ- बागमती र गण्डकी प्रदेशले आज (सोमबार) नयाँ मुख्यमन्त्री पाउने भएको छ। ती दुई प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तको सम्भावना छ।
ती प्रदेशमा आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ। बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको छ।

बागमतीमा नेकपा माओवाादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल र गण्डकीमा नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना छ।

प्रकाशित: २५ पुष २०७९ ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =