प्रधानमन्त्रीसँग माधव नेपाल र उपेन्द्र यादवले गरे भेट, विश्वासको मतबारे छलफल

हिमाल प्रेस २४ पुष २०७९ १२:१३
8
SHARES
प्रधानमन्त्रीसँग माधव नेपाल र उपेन्द्र यादवले गरे भेट, विश्वासको मतबारे छलफल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन्।

आइतबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग दुई शीर्ष नेताहरूले भेट गरेका हुन्।

भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भेटमा विश्वासको मत लिनेबारेमा छलफल भएको र दुई नेताहरू सकारात्मक रहेको बताए।

त्यस्तै जसपा अध्यक्ष यादवले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताए। उनले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको पनि बताए।

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =