विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ

हिमाल प्रेस २४ पुष २०७९ ६:१५
6
SHARES
विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ सांकेतिक तस्बिर।

नयाँ दिल्ली– एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई प्रहरीले पक्राउ गरेको छ।

गत नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली जाने क्रममा रक्सीको नशामा डुबेका मिश्रले बिजनेस क्लासमा बसेकी ७२ वर्षीया महिलामाथि पिसाब गरेको आरोप लागेको थियो।

गत नोभेम्बरमा भएको घटनाबारे एक वृद्धाले एयरलाइन्स व्यवस्थापनलाई जानकारी गराएपछि बैंकको भारतीय कारोबार सेवाका पूर्वउपाध्यक्ष शंकर मिश्र प्रशासनबाट फरार रहँदै आएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार मिश्रले आफ्नो फोन स्वीच अफ गरेका थिए तर सामाजिक सञ्जालमा आफ्ना साथीहरूसँग सम्पर्कमा रहँदै आएका थिए।

उनले भारतको बेङ्ग्लोरमा क्रेडिट कार्डबाट रकम लेनदेन पनि गरेको पाइएको थियो। यिनै प्रमाणका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो।

उनलाई नयाँ दिल्ली ल्याई आरोपहरूबारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

दिल्लीका प्रहरी प्रवक्ताले मिश्रलाई पक्राउ गरिएको पुष्टि गर्दै एएफपीसँग अन्य विवरण प्रहरी अनुसन्धानपछि प्राप्त हुने बताएका छन्। वेल्स फार्गोले आफ्ना कर्मचारीलाई शुक्रबार नै बर्खास्त गरिएको बताएको छ। -रासस

प्रकाशित: २४ पुष २०७९ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =