बुटवल- बुटवल उपमहानगरपालिका-१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।
बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आक्रमण गरेको हो। आक्रमणमा परी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन्। उनीहरूमाथि कस्ले आक्रमण गरेको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
प्रकाशित: २३ पुष २०७९ ७:२४
प्रतिक्रिया