नयाँ सिजनकाे ‘ए’ डिभिजन लिगका लागि दर्ता भए सबै क्लब

हिमाल प्रेस २२ पुष २०७९ १९:०१
6
SHARES
नयाँ सिजनकाे ‘ए’ डिभिजन लिगका लागि दर्ता भए सबै क्लब

काठमाडौँ- आउँदो फागुन १९ बाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि सबै क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग खेल्ने १४ क्लबलाई दर्ता हुन शुक्रबारसम्मको समयसीमा दिएको थियो।

शुक्रबार मात्र तीन क्लबले सातदोबाटो, ललितपुरस्थित एन्फा मुख्यालयमा नाम दर्ता गराए। मनाङ मस्र्याङ्दी कलब, खुमलटार युथ कलब र सातदोबाटो युथ क्लबले आआफ्ना नाम दर्ता गराएका हुन्।

‘बी’ डिभिजन च्याम्पिन बनेर शीर्षश्रेणीमा उक्लिएको चर्च ब्वाइज युनाइटेड एफसी, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब बिहीबार दर्ता भएका थिए।

सबै क्लबले तयारी खर्चको पहिलो किस्ता स्वरुप १५–१५ लाख रुपैयाँ पनि लगेको एन्फाले जनाएको थियो। यसपालिको लिगका लागि प्रत्येक क्लबले ३२ लाख ५० हजार रुपैयाँ पाउँदैछन्।

प्रकाशित: २२ पुष २०७९ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =