काठमाडौँमा मनाइयो चाँगुनारायण जात्रा, उपराष्ट्रपति पुन पनि सहभागी

हिमाल प्रेस २२ पुष २०७९ १८:१२
4
SHARES
काठमाडौँमा मनाइयो चाँगुनारायण जात्रा, उपराष्ट्रपति पुन पनि सहभागी

काठमाडौँ– पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण जात्रा काठमाडौंमा शुक्रबार (आज) मनाइएको छ। शुक्रबार पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा, माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो।

चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत हनुमान ढोका पुगेका हुन्। उनले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवम् प्रसाद ग्रहणसमेत गरे।

सो अवसरमा बोल्दै तारिणी मखन क्लवका अध्यक्ष राजन महर्जनले लिच्छिवीकालदेखि सुरु भएको जात्रा लोप हुँदै गएकाले यसको संरक्षणका लागि मेला आयोजना गरेको बताए। उनका अनुसार परापूर्वकालमा चाँगुनारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमान ढोका आएपछि त्यहाँका राजाले देवता हिँड्नुभयो भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ।

मेलाको अवसरमा उपराष्ट्रपति पुनले कुमारीको पूजाअर्चनासमेत गरे। यस्ता सांस्कृतिक पर्वहरूले नेपालको मौलिकताको उजागर र प्रवर्द्धन गर्ने बताए।

प्रकाशित: २२ पुष २०७९ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =