महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव

हिमाल प्रेस २२ पुष २०७९ ७:२४
2
SHARE
महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन्।

चार करोड ४५ लाख रुपैयाँ बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मंसिर १ गते कामपाले सार्वजनिक सूचना प्रकाशन गरेको थियो।

उक्त सूचनाका आधारमा १० क्षेत्रगत कार्यक्रमका लागि ती प्रस्ताव पेस भएका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोरखेलले जानकारी दिए।

महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो। यो कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको छ। रु एक करोड विनियोजन भएको खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई सहयोग कार्यक्रमका लागि २६ प्रस्ताव आएका छन्।

यसैगरी लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैंगिक हिंसाविरुद्धको अभियान, अपाङ्गताका क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य, विभिन्न स्रष्टाको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदानलगायतका लागि रकम विनियोजन गरिएको छ।

 

प्रकाशित: २२ पुष २०७९ ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =