जसपाले मधेश प्रदेशमा संसदीय दलको नेता छान्दै

हिमाल प्रेस २२ पुष २०७९ ७:११
4
SHARES
जसपाले मधेश प्रदेशमा संसदीय दलको नेता छान्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)नेपाल मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ।
बिहीबार बसेको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ।

बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको साहले बताए। पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो।

समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको जानकारी दिए। मधेश प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन्।

संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको छ।

प्रकाशित: २२ पुष २०७९ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =