२० वटा पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गर्दै गण्डकी सरकार

हिमाल प्रेस २० पुष २०७९ १८:१२
8
SHARES
२० वटा पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गर्दै गण्डकी सरकार

पोखरा– गण्डकी प्रदेश सरकारले २० वटा पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गर्ने भएको छ। चालू आर्थिक वर्ष ०७९/८० मा गण्डकी सरकारले यस्तो योजना छनोट गरेको हो।

प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि १ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।

कार्यालय प्रमुख पोषानाथ शर्माले पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, भवनलगायत पूर्वाधार निर्माणका लागि छनोट भएका योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको जानकारी दिए।

‘स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरेर उपभोक्ता समिति गठन, प्राविधिक लागत अनुमान तयार पार्ने काम भइरहेको छ,’ उनले भने, ‘५ योजनाको उपभोक्ता समितिले सम्झौता गरेर निर्माणको काम थालेका छन्।’

५/५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बेनीको ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, गलेश्वर मन्दिर-काउलेगौडा पदमार्ग, कन्थराजको थान र फूलपातीदेखि ज्यामरुककोट मन्दिर, मालिका गाउँपालिकाको कुकुरखोरिया-दुरलेकको मेला जाने पदमार्ग र रु सात लाख विनियोजन भएको रघुगंगा-३ गायत्री मन्दिरमा उद्यान निर्माण योजनाको काम सुरु भएको छ।

अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरना रेलिङ, तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार, सुकेधारा-सुवा पदमार्ग र अन्धगल्छी-रुप्से छहरा-भूमे मन्दिर पदमार्ग निर्माणका लागि रु १०/१० लाख विनियोजन गरिएको छ।

रघुगंगा गाउँपालिका-४ को भूमेथान चौतारी निर्माणमा २ लाख, बेनीको मसिना ढुंगा थाकनपोखरी भेटेरिनरी कार्यालय पदमार्गका लागि १५ लाख , गैराबारी-ढुंगेटा खेतदेउने पदमार्गका लागि ५ लाख र गुफा राममन्दिर परिसरमा उद्यान निर्माणमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै मालिका गाउँपालिकाको प्रभुचेला आश्रम भौतिक पूर्वाधार निर्माणका लागि १५ लाख, इग्रे-लामखोरिया पदमार्गका लागि १० लाख, पन्थोकदेखि मालिका धुरी जाने पदमार्गका लागि ५ लाख, धवलागिरिको लुलांग-सागबारी पदमार्गका लागि १० लाख र बेँसी पन्थोक टाङवाङ रिख पदमार्गका लागि १० लाख रुपैयाँ बजेट आएको छ।

मंगला गाउँपालिकाको साउनेपानी हुँदै डाँडा र सिरकुम-तीनचुले पदमार्गका लागि रु १०/१० लाख बजेट प्राप्त भएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =