मधुसुदन भट्टराईको फिल्ममा आर्यन अनुबन्धित

हिमाल प्रेस २० पुष २०७९ १४:५६
16
SHARES
मधुसुदन भट्टराईको फिल्ममा आर्यन अनुबन्धित

काठमाडौँ- अभिनेता आर्यन सिग्देलको फिल्म ‘डिसेम्बर फल्स’ हलमा प्रदर्शनरत छ। फिल्ममार्फत लामो समयपछि ठूलो पर्दामा फर्किएका आर्यनले दर्शकको साथ खासै पाउन सकेका छैनन्।

दर्शकको उपस्थिति लोभलाग्दो हुन नसकेपछि सिनेमा हलमा सोको कटौती भएका समाचारसमेत बाहिरिएका छन्।

यही बीच आर्यन नयाँ फिल्ममा अनुबन्धित भएका छन्। सो जानकारी अभिनेताले स्वयं सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

मधुसुदन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा उनी जोडिएका हुन्। शीर्षक जुरिनसकेको फिल्म जय माँ दुर्गे फिल्मस ब्यानरअन्तर्गत बन्नेछ।

लक्ष्मण सुवेदीको लेखन रहने फिल्मको छायांकन आगामी फागुन पहिलो साताबाट सुरु हुनेछ।

प्रकाशित: २० पुष २०७९ १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =