पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु

हिमाल प्रेस २० पुष २०७९ ७:१७
2
SHARE
पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु

काठमाडौँ- पाँचथरको फिदिम नगरपालिका-८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो।

मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिए।

 

प्रकाशित: २० पुष २०७९ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =