शक्ति बाँडफाँटका आधारमा सरकारमा जाने जसपाको निर्णय, नभए समर्थन गर्ने

हिमाल प्रेस १९ पुष २०७९ १८:२३
6
SHARES
शक्ति बाँडफाँटका आधारमा सरकारमा जाने जसपाको निर्णय, नभए समर्थन गर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले शक्ति बाँडफाँटको आधारमा सरकारमा सहभागी हुने निर्णय गरेको छ। काठमाडौँमा दुई दिन चलेको राजनीतिक समितिको बैठकले सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सरकारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो।

साथै विभिन्न दलहरूसँग एकता, सहकार्य र गठबन्धनसँग सम्बन्धित वार्ता गर्न वार्ता समिति पनि गठन गरिएको छ। जसमा संयोजक राजेन्द्र श्रेष्ठ, सदस्यहरू रकम चेम्जोङ र गोविन्द चौधरी रहेका छन्।

प्रवक्ता मनिष सुमनका अनुसार माघ मसान्तभित्र पार्टीका निस्क्रिय संगठनहरू क्रियाशील बनाउने, बागी उम्मेदवार र अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरिएको छ।

संघीय परिषद् र केन्द्रीय सदस्यहरूका हकमा शिवलाल थापामगरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। सो समितिले माघ मसान्तभित्र रिपोर्ट दिनेछ।

बैठकले पार्टी विधानको मस्यौदा तयार गर्न विधान मस्यौदा समिति गठन गरेको छ। जसमा अध्यक्ष उपेन्द्र यादव, नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापागमर, लालबाबू राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी छन्।

प्रकाशित: १९ पुष २०७९ १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =