दैलेखमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस १९ पुष २०७९ १८:०४
4
SHARES
दैलेखमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत- दैलेखमा मंगलबार टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुल्लु नगरपालिकाको भे १ ग ७७ नम्बरको टिप्पर मध्यपहाडी राजमार्गको चगत्रा-पादुका खण्डमा दुर्घटना हुँदा चालक दुल्लु नगरपालिका-३ सियालाका धनबहादुर बुढाको मृत्यु भएको हो।

सो टिप्पर दुल्लु नगरपालिकाको कार्यालयबाट डस्टबिन लिई दुल्लु नगरपालिकाको वडा नं ९ को कार्यालयतर्फ जाँदै गर्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुल्लु नगरपालिका-९ को गोविधारा नजिक टिप्पर दुर्घटनामा परेको हो।

टिप्परमा सवार दुल्लु नगपालिका-२ का पूर्णबहादुर थापा र दुल्लु नगरपालिका-७ नगेन्द्र रावत घाइते भएका छन्। उनीहरूको दुल्लु अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १९ पुष २०७९ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =