सरकारैपिच्छे परराष्ट्रनीति परिवर्तन हुँदा समस्या : अध्यक्ष तिमिल्सिना

हिमाल प्रेस १८ पुष २०७९ १३:५७
20
SHARES
सरकारैपिच्छे परराष्ट्रनीति परिवर्तन हुँदा समस्या : अध्यक्ष तिमिल्सिना फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गरेका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बने पनि परराष्ट्रनीति एउटै हुने तर नेपालमा भने सरकारैपिच्छे परराष्ट्रनीतिमा फरक पर्दा कतिपय ऐन निर्माणमा समस्या हुने गरेको उनको भनाइ छ।

जुनकुनै सरकार आए पनि परराष्ट्र नीति एउटै हुनुपर्नेमा उनले जोड दिँदै नेपालमा सहसचिव, सचिवहरू नै राजनीतिक दलहरूका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको अध्यक्ष तिमिल्सिनाले औंल्याए।

‘सचिव, सहसचिवहरू पार्टीका मान्छे भइदिँदा समस्या भइरहेको छ। उमेर कम भएको मान्छे ५८ मा उमेरहद बनाएर आफू त्यो स्थानमा हुन चाहनुहुन्छ, ६० वर्ष भएको मान्छे रोकेर आफू नै बस्न चाहनुहुन्छ। म त तपाईंको पार्टीको हजुर, यो ऐन ल्यायौँ भनेर मन्त्रीहरूसँग जान्छन्। त्यसपछि के हुन्छ? हाम्रोमा व्यवहारिक अभ्यास यही नै छ,’ तिमिल्सिनाले भने।

अन्य देशमा जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने दृष्टिकोण एउटै रहेको तर नेपालमा सरकार परिवर्तन भएसँगै अन्य मुलुकलाई हेर्ने दृष्टिकोण फरक पर्ने गरेकाले कतिपय ऐन निर्माणमा समस्या पर्ने गरेको भन्दै उनले असन्तुष्टि जनाए।

‘यो विषयमा नीति अनुसन्धान प्रतिष्ठानले अध्ययन गर्न जरुरी छ,’ उनले भने। राष्ट्रियसभाले पठाएका ५ वटा विधेयक अहिले शून्यमा पुगेको भन्दै आगामी दिनमा मन्त्रिपरिषद् विस्तार भएपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरूलाई नै अघि बढाउन आग्रह गर्ने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =