सीडीओहरूलाई गृहमन्त्रीको निर्देशन : प्राकृतिक विपद्‍बाट जनतालाई जोगाउनू

हिमाल प्रेस १८ पुष २०७९ ११:१३
14
SHARES
सीडीओहरूलाई गृहमन्त्रीको निर्देशन : प्राकृतिक विपद्‍बाट जनतालाई जोगाउनू फाइल तस्बिर।

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूलाई प्राकृतिक विपद्‍बाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न निर्देशन दिएका छन् । भर्चुअल रूपमा भएको बैठकमा लामछिानेले देशभरका सीडीओहरूलाई शीतलहर, चिसोलगायतबाट जनतालाई बचाउन निर्देशन दिएका हुन् ।

त्यस्तै उनले गुनासो नआउने गरी जनतामाझ सेवा प्रवाह गर्न पनि निर्देशन दिएका छन्। बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधि सहभागी थिए। बैठकमा देशभरको सुरक्षा अवस्थाका बारेमा सुरक्षा ब्रिफिङ गरिएको थियो।

गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन लामिछानेले हप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए। उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायव महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ।

यस्तै गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसकेका छन्।

प्रकाशित: १८ पुष २०७९ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =