सन् २०२२ : नेपाल घुम्न यी पाँच देशबाट आए सबैभन्दा धेरै पर्यटक

हिमाल प्रेस १७ पुष २०७९ २०:०२
18
SHARES
सन् २०२२ : नेपाल घुम्न यी पाँच देशबाट आए सबैभन्दा धेरै पर्यटक मनास्लु क्षेत्रमा पर्यटक।

काठमाडौँ- कोरोना भाइरसको महामारीले थलिएको पर्यटन क्षेत्र सन् २०२२ मा भने केही सुधारको संकेत देखियो। यो वर्षभरि अवधिभर नेपाल घुम्न ६ लाख १४ हजार एकसय ४८ जना पर्यटक आए। सन् २०२१ एक लाख ५० हजार नौसय ६२ जना पर्यटक नेपाल आएका थिए। २०२२ मा नेपाल घुम्न आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन्। भारतबाट मात्रै एक वर्षको अवधिमा दुई लाख नौ हजार एकसय पाँच जना पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ।

नेपाल घुम्न आउनेमा भारतीयपछि अमेरिकन नागरिक छन्। अमेरिकाबाट ७७ हजार नौ जना पर्यटक नेपाल घुम्न आए। त्यस्तै तेस्रोमा बेलायती छन्। बेलायतबाट ४४ हजार सातसय ८१ जना पर्यटकले नेपाल घुमेको तथ्यांक छ।

त्यस्तै चौँथो धेरै पर्यटक नेपाल आउने देशमा अस्ट्रेलिया छ। यहाँबाट २०२२ भित्र २६ हजार आठसय ७४ जना पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै पाँचौँ धेरै पर्यटक आउने देशमा बंगलादेश छ। बंगलादेशबाट २५ हजार तीनसय ८४ जना पर्यटक नेपाल आएका छन्।


कुन महिनामा कति पर्यटक नेपाल आए?

प्रकाशित: १७ पुष २०७९ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =