लुम्बिनी प्रदेशका सांसदले लिए शपथ

हिमाल प्रेस १७ पुष २०७९ १५:२६
4
SHARES
लुम्बिनी प्रदेशका सांसदले लिए शपथ

बुटवल– लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थीत प्रदेशसभा हलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।

लुम्बिनी प्रदेशका ८७ सांसदमध्ये ५२ प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ निर्वाचित हुन्। नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ९ सदस्य रहेका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ तथा राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट १/१ जना सांसद छन्।

प्रकाशित: १७ पुष २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =