बैंकले जेठमा तोके ७.०७ प्रतिशत ब्याजदर

हिमाल प्रेस ३१ वैशाख २०८१ ११:२८
18
SHARES
बैंकले जेठमा तोके ७.०७ प्रतिशत ब्याजदर

काठमाडौँ- वाणिज्य बैंकहरूको जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागि औसतमा ७.०७ प्रतिशत बैंकले ब्याजदर कायम गरेको छ।

वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०७ प्रतिशतमा कायम गरेका छन्।

१९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटाएका छन्। बैंकहरूले वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको थियो। ९ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकहरुले वैशाखकै ब्याजदरलाई चैतमा पनि निरन्तरता दिएको नेपाल बैंकर्स संघले जनाएको छ। ३ बैंकहरूले ब्याजदर बढाएका छन्।

मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको रहेको छ। ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन्।

प्रकाशित: ३१ वैशाख २०८१ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast