नेपथ्यले सुर्खेतमा लाइभ कन्सर्ट गर्ने

हिमाल प्रेस ४ पुष २०७९ २१:२७
10
SHARES
नेपथ्यले सुर्खेतमा लाइभ कन्सर्ट गर्ने नेपथ्यमा आबद्ध गायक अमृत गुरुङ। तस्बिर- नेपालयको पेजबाट

सुर्खेत– सांगीतिक ब्यान्ड नेपथ्यले सुर्खेतको वीरेन्द्रनगरमा बुधबार लाइभ कन्सर्ट गर्ने भएको छ। सहयोगापेक्षी (मागेर गुजारा चलाउन बाध्य) व्यक्तिहरूको सेवा गर्दै आइरहेको मानव सेवा आश्रम सुर्खेतको आयोजनामा कन्सर्ट हुने भएको हो।

आश्रममा संरक्षितहरूको दीर्घकालीन मानवोचित व्यवस्थापन एवम् स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनाका लागि कन्सर्ट आयोजना गरिएको आश्रमका कर्णाली प्रदेश संयोजक सजिता गौतमले बताइन्। नेपथ्यसँग आवद्ध चर्चित गायक अमृत गुरुङले उक्त कन्सर्टमा मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतहरू प्रस्तुत गर्ने बताइएको छ।

कन्सर्ट व्यवस्थापनका लागि आश्रमका अभिभावक टिकाराम चपाईंको संयोजकत्वमा मूल समिति र संघ-सस्था समन्वय समितिलगायत विभिन्न विषयगत उपसमितिहरू निर्माण गरिएको आयोजकले जानकारी दिएको छ।

आश्रमका अभिभावक गणेश कार्कीको संयोजकत्वमा मिडिया तथा प्रचार-प्रसार व्यवस्थापन समिति, डा. नवराज केसीको संयोजकत्वमा स्वास्थ्य व्यवास्थापन समिति, सुमन कार्कीको संयोजकत्वमा अतिथी सत्कार व्यवस्थापन समिति बनाइएको छ।

यस्तै महेन्द्रकुमार थापाको संयोजकत्वमा टिकट बिक्री व्यवस्थापन समिति, गणेश बस्नेतको संयोजकत्वमा प्रायोजक समन्वय समिति, संजिता गौतमको संयोजकत्वमा आवास व्यवस्थापन समिति, रामबहादुर बुढाको संयोजकत्वमा सरकारी तथा सार्वजनिक क्षेत्र समन्वय समिति, नवराज बोहोराको सर्वोजकत्वमा स्वयम सेवक व्यवस्थापन समिति र अनिता ज्ञावलीको संयोजकत्वमा सचिवालय व्यवस्थापन समिति बनाइएको छ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालन-पालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आएको छ।

हाल आश्रमको संरक्षणमा ४२ पुरुष २९ महिला ४ बच्चा गरी ७५ जनाले आश्रय लिइरहेका छन्। कन्सर्टमा सहभागी हुनका लागि टिकट रकम १ हजार रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ।

कन्सर्ट आयोजनाबारे जानकारी दिँदै आश्रमका प्रतिनिधि। तस्बिर-रमा केसी/ हिमाल प्रेस
प्रकाशित: ४ पुष २०७९ २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =