सरकार गठनका लागि राष्ट्रपतिले दिइन् ७ दिनको समय

हिमाल प्रेस ३ पुष २०७९ १७:०८
32
SHARES
सरकार गठनका लागि राष्ट्रपतिले दिइन् ७ दिनको समय

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन्। आज आइतबार उनले नेपालको संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि सात दिनको समय दिएर आह्वान गरेकी हुन्।

संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ । पुस १० गते आइतबार साँझ ५ बजेभित्र सरकार गठन गर्न राष्ट्रपतिले समय दिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकार गठनका लागि प्रधानमन्त्री बन्न बहुमत (१३८) सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आफ्नै दलको नेतृत्वमा सरकार गठनको तयारी गरिरहेका छन्।

राष्ट्रपतिको पत्र

प्रकाशित: ३ पुष २०७९ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =