पूर्वराष्ट्रपति भण्डारीद्वारा बकर इदको शुभकामना

हिमाल प्रेस १४ असार २०८० १२:४४
6
SHARES
पूर्वराष्ट्रपति भण्डारीद्वारा बकर इदको शुभकामना

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान पर्व बकर इद (इद उल-अजहा) पर्वका अवसरमा शुभकामना व्यक्त गरेकी छन्।

नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन यस पर्वले मद्दत पुग्ने उनीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।

धार्मिक, सांस्कृतिक एवम् भौगोलिक वैविध्यबीच आपसी सदभाव, सहिष्णुता, सहअस्तित्व र भाइचारायुक्त सौहार्दता नेपाली समाजको मौलिक पहिचान रहेको उनले बताएकी छन्।

नेपाली समाजको विशिष्टता सामाजिक एवम् सांस्कृतिक विविधता भएकाले मानव जातिका मुख्य महाजातिहरू-आर्य, मंगोल, आष्ट्रिक र द्रविडअन्तर्गतका अनेकौं जातजाति, जनजाति र भाषाभाषीबीच विभिन्न चाड पर्वले एक आपसमा जोड्ने उनले जनाइन्।

बकर इदले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्दै प्रगतिशील, सभ्य एवम् सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने उनले शुभकामना प्रकट गरेकी छन्।

प्रकाशित: १४ असार २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =