संघीय संसद्‌मा ‍राष्ट्रपतिको सम्बोधन [फोटो फिचर]

दिपेश श्रेष्ठ २७ माघ २०७९ १५:५४
6
SHARES
संघीय संसद्‌मा ‍राष्ट्रपतिको सम्बोधन [फोटो फिचर]

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार संघीय संसद्‌का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गरेकी छन्। सम्बोधनको क्रममा उनले देशको अर्थतन्त्र सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक रहेको बताइन्।

देशको आर्थिक अवस्था जटिल मोडमा पुगेको भन्दै सकारात्मकतर्फ लैजान सबै संयन्त्र एकजुट हुन आग्रह गरिन्।देशको आर्थिक अवस्था बिग्रिएको विषयलाई कोभिड र डेंगीको प्रकोपलाई दोष दिएर उम्किन नपाइने उनको भनाइ छ।

सरकारले आगामी दिनमा राजस्वको क्षेत्र र दायरा विस्तार गर्ने र राजस्व चुहावट नियन्त्रण गर्न नीति लिने भण्डारीको विश्वास छ। ‘अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न जरुरी भइसकेको छ,’ उनले भनिन्, ‘अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक र बाह्य कारणको अध्ययन गरेर सरकारको वित्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।’

भण्डारीले नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने पनि बताइन्। उनले भनिन्, ‘नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्छ।’ नागरिकमा राज्यको उपस्थिति छ भन्ने देखाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्ने उनको भनाइ छ।

राष्ट्रपति भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने बताइन्। उनले निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्नेमा जोड दिइन्।

प्रकाशित: २७ माघ २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =