पानीमुनि सास रोकेर बनाइएको ‘अवतार २’

हिमाल प्रेस १ पुष २०७९ १३:४६
12
SHARES
पानीमुनि सास रोकेर बनाइएको ‘अवतार २’

काठमाडौँ- हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ आजदेखि प्रदर्शनमा आएको छ।

जेम्स क्यामरुनको निर्देशनमा बनेको फिल्म ‘अवतार’को यो दोस्रो भाग हो। बहुप्रतीक्षित फिल्मलाई दर्शकले १३ वर्षपछिमात्र हेर्न पाएका हुन्।

सन् २००९ को ब्लकबस्टर फिल्म ‘अवतार’ले त्यति बेला मनग्ये कारोबार गरेको थियो। कमाइमा कीर्तिमान नै कायम गरेको थियो।

अस्कर अवार्डमा फिल्म नौ विधामा मनोनयनमा परेको थियो। तीमध्ये तीन विधामा अवार्डसमेत जितेको थियो। अस्करमा फिल्मले ‘बेस्ट आर्ट डाइरेक्सन’, ‘बेस्ट सिनेमेटोग्राफी’ र ‘बेस्ट भिजुअल इफेक्ट्स’ अवार्ड पाएको थियो।

फिल्मको कथा निर्देशक जेम्स क्यामरुनले सन् १९९४ मा लेखिसकेका थिए। तर, उनले कल्पना गरेका भिजुअल इफेक्ट्स उतिखेर उपलब्ध थिएनन्। त्यसैले फिल्म यसै थन्कियो।

फिल्म बनाउन उनले लामो समय कुर्नप¥यो। सन् २००९ मा फिल्मको पहिलो भाग बनाएका उनले दोस्रो भाग बनाउन वर्षौं अनुसन्धान गरे। त्यसपछिमात्र फिल्म तयार भयो।

‘अवतार ः द वे अफ वाटर’ का दृश्यलाई वास्तविक देखाउन निर्देशक क्यामरुनले म्यानहट्टनको स्टुडियोमा एक विशाल ट्यांक निर्माण गरेका थिए। ३६ मिटर लामो र नौ मिटर गहिरो त्यस ट्यांकमा लाखौँ लिटर पानी राख्न सक्ने क्षमता थियो। पानीमुनिका दृश्य छायांकन गर्न त्यो ट्यांक प्रयोग गरिएको थियो।

त्यस ट्यांकमा काम गर्दा क्रूका हरेक सदस्यले सास रोकेर काम गर्नुपथ्र्यो। लाइटम्यान, क्यामराम्यानदेखि कलाकारसम्मले यस प्रक्रियाबाट गुज्रिनुपथ्र्यो।

सुरुमा निर्देशक क्यामरुनलाई ‘अवतार २’ कथा मन परेको थिएन। एक वर्षसम्म पटकथा लेखेर पनि उनी सन्तुष्ट हुन सकेनन्। अनि, फिल्म नै नबनाउने सोच बनाए।

पछि अन्य लेखकसँग बसेर उनले एकपटक फेरि फिल्मको कथामा काम गरे। त्यसपछि बन्यो ‘अवतार : द वे अफ वाटर’को पटकथा।

फिल्ममा देखाइएका पान्डोरा ग्रहका प्राणीका लागि फरक भाषाको आवश्यकता थियो। त्यसका लागि युनिभर्सिटी अफ क्यालिफोर्नियाका भाषाविद् पललाई बोलाइयो। उनले संसारभरिका विभिन्न भाषा मिसाएर ‘अवतार’का लागि छुट्टै भाषा बनाए।

एक अन्तर्वार्तामा निर्देशक क्यामरुनले ‘अवतार’ बारे रोचक कुरा बताएका थिए। सपनामा आफ्नो आमाले १२ फिट अग्ली महिला देखेको, जसको शरीरको रङ नीलो थियो।

आमाको त्यही सपनाबाट क्यामरुनले ‘अवतार’ बनाउने प्रेरणा पाएका थिए। त्यसैबाट उनले नावी प्रजातिको कल्पना गरेका थिए।

फिल्ममा सेम वर्थङ्टन, जोय साल्दाना, केट विन्सलेट, मिसेल योह, क्लिप कर्टिस, जोएल डेभिड मूरलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १ पुष २०७९ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =