९ अर्ब ६३ करोड डलर सञ्चिति, ८ महिनाको आयात धान्ने

हिमाल प्रेस २९ मंसिर २०७९ १५:५१
4
SHARES
९ अर्ब ६३ करोड डलर सञ्चिति, ८ महिनाको आयात धान्ने

काठमाडौँ- चालु आर्थिक वर्षको चार महिनामा ९ अर्ब ६३ करोड अमेरिकी डलर कुल विदेशी विनिमय सञ्चिति रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यसले ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहको छ।

विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर थियो। चार महिनाको अवधिमा १ प्रतिशतले वृद्धि भएको छ। कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः २५.७ प्रतिशत, ७०.० प्रतिशत र २२.४ प्रतिशत छ। असार मसान्तमा यी अनुपात क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत थियो।

प्रकाशित: २९ मंसिर २०७९ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =