बलिउड अभिनेता विवेक ओबराय नेपालमा

हिमाल प्रेस २९ मंसिर २०७९ ९:३६
8
SHARES
बलिउड अभिनेता विवेक ओबराय नेपालमा

काठमाडौँ- बलिउड अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन्। उनी परिवारसहित घुम्न आएका हुन्।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ । ‘पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ’, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।

नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ।

प्रकाशित: २९ मंसिर २०७९ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =