जाजरकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु, घाइते दुई जनाको अवस्था गम्भीर

हिमाल प्रेस २६ मंसिर २०७९ १८:३६
36
SHARES
जाजरकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु, घाइते दुई जनाको अवस्था गम्भीर

काठमाडौँ- जाजरकोटमा सोमबार साँझ जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भीरपाटीमा बोलेरो जिप दुर्घटना परेको हो। दुर्घटनामा १० जनाको मृत्यु भएको र घाइते दुई जनाको अवस्था गम्भीर रहेको घटनास्थलमै रहेका छेडागाड गाउँपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले हिमालप्रेसलाई जानकारी दिए।

‘जिप दुर्घटनामा परेर ९ जनाको घटनास्थलमै मृत्यु भयो,’ उनले भने, ‘तीन जना घाइते थिए उनीहरूलाई उपचारका लागि अस्पताल पठाउँदै गर्दा एकजनाको बाटोमै मृत्यु भयो। घाइते दुई जनाको अवस्था पनि गम्भीर छ।’

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुनेमध्ये तीन जना दैलेखका हुन् भने सात जना जाजरकोटका हुन्। घाइते दुई जना पनि जाजरकोटकै रहेको थापाले जानकारी दिए। जिपमा चालकसहित १२ जना सवार थिए।

प्रकाशित: २६ मंसिर २०७९ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =