एकापसमा ठोक्किए तीन मोटरसाइकल, एक जनाको मृत्यु

हिमाल प्रेस २५ मंसिर २०७९ ११:२०
10
SHARES
एकापसमा ठोक्किए तीन मोटरसाइकल, एक जनाको मृत्यु सांकेतिक तस्बिर।

इटहरी- सुनसरीमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार साँझ ६:१० बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका-३, नडाहास्थित पकली–चतरा सडकखण्डमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

प्रहरीका अनुसार कालाबञ्जारबाट नडाहातर्फ आँउदै गरेको प्र. १-०२-०४३ प १७१ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट जाँदै गरेको को ३८ प ९२१० नम्बरको मोटरसाइकल र को १७ प ६९४४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा को १७ प ६९४४ नम्बरका मोटरसाइकल चालक मोरङ बेलबारी २ बस्ने ३५ वर्षीय हर्कबहादुर राईको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, चारजना गम्भीर घाइते भएका छन्।

घाइतेहरूमा बराहक्षेत्र १ बस्ने अन्दाजी ३३ वर्षीय रञ्जित कार्की, बराहक्षेत्र १ बस्ने ३५ वर्षीय सुवास श्रेष्ठ, सुन्दरहरैँचा नगरपालिका २ बस्ने ३८ वर्षीय हेमचन्द्र गुरागाईँ र गुरागाईँकी श्रीमती २६ वर्षीया इन्दिरा गुरागाईँ रहेका छन्। उनीहरूको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७९ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =