कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

हिमाल प्रेस २३ मंसिर २०७९ ९:५१
4
SHARES
कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

सिरहा- कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ। पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने भएको हो।

कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए।

निशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपचार, औषधि खानाको सुविधा र ऐम्बुलेन्स सेवा निशुल्क हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: २३ मंसिर २०७९ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =