पारस खड्का र प्रियंका रानी टेलिकमको ब्राण्ड एम्बेसडर नियुक्त

हिमाल प्रेस २२ मंसिर २०७९ १३:४५
10
SHARES
पारस खड्का र प्रियंका रानी टेलिकमको ब्राण्ड एम्बेसडर नियुक्त

काठमाडौँ- नेपाल टेलिकमले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र मिस नेपाल वल्र्ड २०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

नियुक्तिसम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, खड्का र जोशीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। ब्राण्ड एम्बेसडरद्वयमध्ये पारस खड्कासँग २०७९ पुस १ गतेदेखि एक वर्षको लागि र प्रियंका रानी जोशीसँग अर्को मिस नेपाल छनोट हुने अवधिसम्मका लागि सम्झौता भएको हो।

प्रबन्ध निर्देशक पौडेलले नवनियुक्त ब्राण्ड एम्बेसडरद्वयमार्फत टेलिकमका योजना तथा प्याकेज नयाँ पुस्तामा स्थापित हुने विश्वास व्यक्त गरे।

खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महसुस भएको प्रतिक्रिया दिए। त्यसैगरी जोशीले आफूले शुरुदेखि नेपाल टेलिकमको सेवा उपयोग गरिरहेको र नयाँ पुस्तालाई कम्पनीकै सेवा प्रयोग गर्न अभिप्रेरित गर्न प्रतिबद्धता जनाइन्।

प्रकाशित: २२ मंसिर २०७९ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =