भारतमा यस वर्ष चट्याङबाट ९०७ जनाको मृत्यु

हिमाल प्रेस २२ मंसिर २०७९ ११:५१
6
SHARES
भारतमा यस वर्ष चट्याङबाट ९०७ जनाको मृत्यु

नयाँ दिल्ली- भारतले यस वर्ष गर्मीको लहर र चट्याङ जस्ता चरम मौसमी घटनाहरूमा ठूलो उछाल देखेको छ।

चरम मौसमी घटनामा भएका मृत्यु तीन वर्ष यताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ। बढ्दो मृत्युमा वैज्ञानिकहरूले जलवायु परिवर्तनलाई दोष दिएका छन्।
चट्याङका कारण भारतमा यो वर्ष ९०७ जनाको मृत्यु भएको छ। यस वर्ष गत महिनासम्म गर्मीको लहर र चट्याङ जस्ता घटनाका कारण २ हजार १८३ जनाको मृत्यु भएको छ।

यो संख्या सन् २०१९ (३,०१७ जनाको मृत्यु) पछिको उच्च हो। भारतमा यो वर्ष भएका मृत्यु मध्ये ७८ प्रतिशत मृत्युमा चट्याङ, बाढी र भारी वर्षा जिम्मेवार रहेको तथ्यांकले देखाएको छ।भारतको मनसुन सिजनको तापक्रम यस शताब्दीमा बढेको र देशले भविष्यमा लगातार गर्मीको लहरहरू देख्न सक्ने सरकारले अगस्टमा जानकारी दिएको थियो।

भारत विश्वको तेस्रो ठूलो कार्वन प्रदूषक हो, यद्यपि यसको प्रतिव्यक्ति उत्सर्जन अन्य विकसित देशहरूको तुलनामा धेरै कम छ।

प्रकाशित: २२ मंसिर २०७९ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =