आईपीएलमा राजस्थानको लगातार दोस्रो जित,दिल्लीलाई १२ रनले हरायो

हिमाल प्रेस १६ चैत २०८० ७:३८
8
SHARES
आईपीएलमा राजस्थानको लगातार दोस्रो जित,दिल्लीलाई १२ रनले हरायो

नयाँदिल्ली-  इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स (आरआर) ले लगातार दोस्रो जित दर्ता गरेको छ। टोलीले चालु सिजनको नवौं खेलमा दिल्ली क्यापिटल्स (डीसी) लाई १२ रनले पराजित गरेको हो। घरेलु टोलीले सिजनमा लगातार ९औं खेल जितेको छ भने राजस्थानले लगातार दोस्रो जित हात पारेको छ।

जयपुरको सवाई मानसिंह स्टेडियममा दिल्लीले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो। जवाफमा दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सकेको थियो। खेलको प्लेयर अफ द म्याच रियान पराग भए। उनले ४५ बलमा ८४ रनको पारी खेले। यो इनिङ्समा ७ चौका र ६ छक्का समावेश थियो।

रायनको अर्धशतक, वार्नरले अर्धशतक बनाउन सकेनन्

राजस्थानका रियान परागले ४५ बलमा १८६.६७ को स्ट्राइक रेटमा ७ चौका र ६ छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए। रविचन्द्रन आश्विनले २९ र ध्रुव जुरेलले २० रनको योगदान दिए। दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिक नोर्त्या, अक्षर पटेल र कुलदीप यादवले एक–एक विकेट लिए। जवाफमा दिल्लीका डेभिड वार्नरले ३४ बलमा ४९ रन बनाए। ट्रिस्टन स्टब्सले अविजित ४४, कप्तान ऋषभ पन्तले २८ र मिचेल मार्सले २३ रन बनाए। युजभेन्द्र चहल र नान्द्रे बर्गरले २–२ विकेट लिए। आवेश खानले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको राजस्थानको सुरुवात खराब रह्यो। टोलीले ३६ रनमा शीर्ष ३ विकेट गुमाएको थियो। यशस्वी जैसवाल ५ रन, जोस बटलर ११ र सञ्जु सामसन १५ रन बनाएर आउट भए। यहाँबाट रियान परागले अर्धशतक खेल्दै स्कोर १८५ रनमा पुर्‍याए। रायनले रविचन्द्रन आश्विन (२९ रन)सँग ५४, ध्रुव जुरेल (२० रन)सँग ५२ र हेटमायर (१४ रन)सँग अविजित ४३ रनको साझेदारी गरे।

१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले अस्ट्रेलियाका ओपनर डेभिड वार्नर र मिचेल मार्ससँग २० बलमा ३० रनको ओपनिङ पार्टनरसिप बनायो। मार्स ३० रनमा आउट भएपछि रिकी भुई पनि शून्यमा आउट भए। चौथो नम्बरमा आएका ऋषभ पन्तले पनि ठूलो इनिङ खेल्न सकेनन् र २८ रन बनाएर आउट भए। उनले वार्नरसँग ४६ बलमा ६७ रनको साझेदारी गरे। मिडल अर्डरमा ट्रिस्टन स्टब्स र अक्षर पटेलले अविजित ५१ रनको साझेदारी गरे।

राजस्थान रोयल्समा सञ्जु सैमसन (विकेटकीपर-कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रायन पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा, आवेश खान र नान्द्रे बर्गर छन् भने  दिल्ली क्यापिटल्समा ऋषभ पन्त (विकेटकीपर-कप्तान), डेभिड वार्नर, मिचेल मार्स, रिकी भुई, ट्रिस्टन स्ट्रब्स, अक्षर पटेल, सुमित कुमार, कुलदीप यादव, खलील अहमद, एनरिक नोर्त्या र मुकेश कुमार छन्।

प्रकाशित: १६ चैत २०८० ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =