बंगलादेशमा कोरोनाविरुद्धको खोपको चौथो मात्रा दिइँदै

हिमाल प्रेस २१ मंसिर २०७९ १३:२५
4
SHARES
बंगलादेशमा कोरोनाविरुद्धको खोपको चौथो मात्रा दिइँदै

बंगलादेश- बंगलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा दिने जनाएको छ। कोभिडविरुद्धको चौथो मात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा उपलब्ध गराइने स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएनएस) का वरिष्ठ अधिकारी अहमदुल कबीरले बताए।

त्यसपछि ६० वर्षभन्दा माथिका व्यक्ति, अग्रपंक्तिमा काम गर्ने कामदारहरूलाई खोप लगाउन अभियानलाई विस्तार गरिने उनले बताए। बंगलादेशले चौथो खोप २ करोडभन्दा बढी मानिसलाई उपलब्ध गराउने लक्ष्य राखेको अधिकारीहरूले जानकारी दिएका छन्।

देशमा हालसम्म १२ करोड ६० लाखभन्दा बढी मानिसहरूले कोभिड-१९ खोपको कम्तीमा दुई डोजहरू प्राप्त गरिसकेका छन्। यहाँ ६ करोड २० लाखभन्दा बढी मानिसहरूले बुस्टर मात्रा प्राप्त गरेका छन्।

बंगलादेशले एस्ट्राजेनेका, सिनोफार्म, मोडेर्ना, फाइजर, सिनोभ्याक र जोन्सन एन्ड जोन्सनले विकास गरेको कोभिड–१९ खोपहरू प्रयोग गर्दै आएको छ। बंगलादेशले महामारीलाई नियन्त्रण गर्न गत वर्ष जनवरीमा कोभिड–१९ खोप अभियान सुरु गरेको थियो।

प्रकाशित: २१ मंसिर २०७९ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =