‘निफ’मा आवेदन दिने अन्तिम मिति पुस १०

हिमाल प्रेस २० मंसिर २०७९ १६:३५
4
SHARES
‘निफ’मा आवेदन दिने अन्तिम मिति पुस १०

काठमाडौँ- ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल(निफ)’को छैटौँ संस्करणको आवेदन मिति पुस १० सम्म रहेको छ। महोत्सवका लागि आवेदन गत असारमा खुलेको थियो।

निफमा राष्ट्रिय र अन्तर्राष्ट्रिय फिचर, सर्ट, डकुमेन्ट्री, सर्ट एनिमेटेड फिल्मलगायत विधामा आवेदन दिन सकिनेछ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, डकुमेन्ट्री र सर्ट फिल्मका लागि आवेदन दिन सकिनेछ। राष्ट्रिय विधामा दिइने आवेदनका लागि निःशुल्क व्यवस्था गरिएको निफले जनाएको छ।

महोत्सवमा सन् २०२१ पछि निर्माण गरिएको फिल्म समावेश गरिनेछन्। निफको छैटौँ संस्करण आगामी चैतमा आयोजना हुनेछ।

प्रकाशित: २० मंसिर २०७९ १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =