बाढीका कारण पाकिस्ताको अर्थतन्त्रमा ह्रास

हिमाल प्रेस १९ मंसिर २०७९ २१:३१
10
SHARES
बाढीका कारण पाकिस्ताको अर्थतन्त्रमा ह्रास

काठमाडौँ– बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी भएको छ।

उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले सोमबार उल्लेख गरेका छन्। ‘पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा ठूलो बोझ बन्यो,’ उनले भने।

इकबालले सामाजिक सहयोगबाट सरकारले बाढीको संकटबाट अधिकांश आफ्नै स्रोतसाधनले बाहिर उम्कन सफल भएको उनले बताए। चुनौती अझै समाप्त नभएको बताउँदै उनले अन्तर्राष्ट्रिय समुदाय र दाताहरूलाई बाढीपीडितलाई सहयोगको अपिल गरेका छन्।

सरकारले पाकिस्तानलाई जलवायु प्रतिरोधी देश बनाउने खाका तयार पारेको बताउँदै अन्तर्राष्ट्रिय समुदायमा यसबारे जानकारी गराइने उनको भनाइ छ।

प्रकाशित: १९ मंसिर २०७९ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =