माया लुहार हत्या प्रकरणका आरोपी भन्छन् : धोका पाएपछि हत्या गरेँ

हिमाल प्रेस १९ मंसिर २०७९ १६:४८
48
SHARES
माया लुहार हत्या प्रकरणका आरोपी भन्छन् : धोका पाएपछि हत्या गरेँ

धनगढी- माया लुहार हत्या प्रकरणका आरोपीले ‘प्रेममा धोका पाएपछि हत्या गरेको’ प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन्। म‌ंसिर १८ गते महेन्द्रनगरबाट पक्राउ परेका आरोपी शिवनाथ गाउँपालिका-४ का २२ वर्षीय भरतराम कोलीले मायाले आफूलाई धोका दिएकाले हत्या गरेको बताएका हुन्।

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहार मंसिर १४ गते मृत फेला परेकी थिइन्। उनको शव शिवनाथ गाउँपालिका-६ मा घाँटी रेटेको अवस्थामा फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको रूपमा खटिएकी २१ वर्षीया माया र सशस्त्र प्रहरी जवान भरतराम प्रेममा थिए।

मायाले अरूसँग पनि कुरा गर्ने गरेको आशंकामा भरतरामले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: १९ मंसिर २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eighteen =