उदयपुरमा टिपरको ठक्करबाट दुई पैदल यात्री घाइते

हिमाल प्रेस १९ मंसिर २०७९ ११:४७
8
SHARES
उदयपुरमा टिपरको ठक्करबाट दुई पैदल यात्री घाइते सांकेतिक तस्बिर।

काठमाडौँ- उदयपुरको कटारी नगरपालिका ४ खसी बजारमा टिपरको ठक्करबाट २ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ४० वर्षीया कल्पना कार्की र ६० वर्षीय हेमबहादुर पौडेल रहेका प्रहरीले जनाएको छ।  घाइतेमध्ये कार्कीलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ भने पौडेल स्थानीय अस्पतालमा उपचारपछि डिश्चार्ज भएका छन्।

खोटाङबाट कटारी आउँदै गरेको ना ७ ख १०८५ नम्बरको टिपरले पैदल हिँडिरहेका २ जनालाई ठक्कर दिएको थियो। टिपरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =