एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’मा नबिल बैंक सदस्य

हिमाल प्रेस १८ मंसिर २०७९ १७:३९
16
SHARES
एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’मा नबिल बैंक सदस्य

काठमाडौँ– नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ। एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो बैंक बनेको छ। एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायताअन्तर्गत सदस्यता प्रदान गरेको हो।

यो सदस्यताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात निर्यातलाई सहजीकरण गर्ने नबिल बैंकले जनाएको छ। यो सुविधाअन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ।

यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सीमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारलाई सहज गर्नेछ। व्यापार सहायता कार्यक्रमअन्तर्गत एक्जिम बैंकसँगको नबिल बैंकको साझेदारीले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोसेढुंगा सावित हुने नबिल बैंकले जनाएको छ।

एक्जिम बैंक आयात–निर्यात वित्तपोषणमा संलग्न संस्थाको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो। भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवद्र्धन, वित्तपोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौंदेखि एक्जिम बैंकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। व्यावसायिक बैंकिङ सेवाहरुमार्फत नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र इन्भेस्टमेन्ट बैंकिङजस्ता सेवा प्रदान गर्दै आएको छ।

देशभर बैंकका २३३ शाखा कार्यालय, २६९ एटीएम, रेमिट्यान्स एजेन्ट र दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय कर्रेसपन्डेन्ट बैंकिङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: १८ मंसिर २०७९ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =