‘आउ साथी’मा महजोडीदेखि पुष्पनसम्मको स्वर

हिमाल प्रेस १८ मंसिर २०७९ ११:५६
14
SHARES

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अञ्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार, पुष्पन प्रधान, अस्मिता अधिकारीलगायत गायकगायिकको स्वर रहेको गीत ‘आउ साथी’ सार्वजनिक भएको छ।

शक्ति बल्लभको संगीत रहेको गीतमा नरेश प्रधानका शब्द छन्। संगीत संयोज नीरज श्रेष्ठको रहेको छ।

डिसेम्बर ३ मा ‘अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’मा सो गीत सार्वजनिक गरिएको छ। ‘समावेशी विकासका लागि रूपान्तरित समाधान, पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सिर्जनशीलताको प्रावधान’ भन्ने मूल नारालाई आत्मसात् गीत बनाइएको निर्माण कम्पनी साउन्ड मिलले जनाएको छ।

गीतले फरक क्षमता भएकाहरूलाई समेट्ने प्रयास गरेको छ। म्युजिक भिडियो विमललाल श्रेष्ठको परिकल्पनामा निर्माण भएको हो। उषा रजक, रश्मि भट्ट, रक्षा थापा, सुन्दर धिताल, आईपी आचार्य, प्रकाश सुवेदी, प्रिन्स थापा, देवकुमार श्रेष्ठ, सविना थापा, विकास रिमाललगायत कलाकारको अभिनय रहेको छ।

नारन खतिवडा र अनिरुद्ध आत्रेयको कथा समावेश गरिएको गीतको भिडियोलाई शरद महतोले छायांकन गरेका हुन्।

प्रकाशित: १८ मंसिर २०७९ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =